सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘कोड नाम तिरंगा’ को टिजर सार्वजनिक

बलिउड अभिनेता हार्डी सन्धु र अभिनेत्री परिणीति चोपडाको फिल्म ‘कोड नेम तिरंगा’ को टिजर सार्वजनिक भएको छ ।

४५ सेकेन्डको यो टिजरमा हार्दिक र परिणीति एकदमै फरक शैलीमा देखिएका छन् । परिणीति चोपडाले यो फिल्ममा एजेन्टको भूमिका निर्वाह गरेकी छिन्, जसमा उनी धेरै देशको मिसनमा गएकी देखिनेछिन् । चलचित्र अक्टोबर १४ मा हलमा रिलिज हुँदैछ ।

फिल्ममा परिणीति र हार्डीका अलावा शरद केल्कर, दिव्येन्दु भट्टाचार्य, रजित कपूर, शिशिर शर्मा, सब्यसाची चक्रवर्ती र दिशा मारिवाला जस्ता कलाकारको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

‘कोड नेम तिरंगा’ बाहेक, परिणीति चाँडै सूरज बडजात्याको आगामी पारिवारिक फिल्म ‘उचाई’ देखिनेछिन्, जसमा उनी अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी जस्ता वरिष्ठ कलाकारहरूसँग सहकार्य गर्ने भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०८:४३