सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।
लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्स्पेक्टर र असई मागेको हो।
७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।
योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ।

सत्यपाटी । काठमाडौँ ।