सूचनाको शक्ति - The Power Of Information

        

सिजाका अंग्रेजी शिक्षकलाई क्षमता विकास तालिम

जुम्लाको सिंजा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले गाउँपालिकाभित्रका आधारभूत तहका अंग्रेजी विषयगत शिक्षकलाई पाँच दिने पेशागत क्षमता विकास सम्बन्धी पुर्नताजकी तालिम सञ्चालन गरेको छ ।

असोज १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको को समापन गर्दै गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षालाई थप गुणस्तरीय बनाउन शिक्षकलाई पाँच दिने अंग्रेजी पुर्नताजकी तालिमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘विद्यालयलाई थप प्रभावकारी बनाउका लागि सबै शिक्षकको अति महत्वपूर्ण भूमिका र कर्तव्य रहेको छ । पहिलो पटक यो तालिम सञ्चालन गरेका छौं । आधारभूत तहबाटै अब सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुने भएको छ ।’

विद्यालयमा विद्यार्थीलाई अंग्रेजी विषयको पढाईमा आकर्षण गर्नेका लागि तालिमबाट सिकेको कुरा कार्यान्वयन गर्ने शिक्षकको काँधमा आएको अध्यक्ष धितालले बताए । शिक्षक, कर्मचारीको क्षमता अभिवृद्धि गर्नेका लागी गाउँपालिका सधै लागि परेको पनि उनले बताए ।

आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्ने सबै शिक्षक र कर्मचारी एक आपसमा सहकार्य र समन्वय गरेर अघि बढे सिंजाको विकास र सेवा प्रवाहमा चुस्त हुने अध्यक्ष धितालले जानकारी दिए । तालिममा प्रशिक्षक मणिराम शर्माले सहजीकरण गरेका थिए ।

तालिम अवधिमा सिकाएका कुरा सिंजा गाउँपालिकाको शैक्षिक योजनमा समावेश गरे शिक्षामा थप सुधार हुने प्रशिक्षक शर्माले बताए । तालिका सहभागी शिक्षक शिवनन्द शर्माले अंग्रेजी विषयगत तालिमले थप अध्यापनमा प्रभावकारी भूमिका खेलेको बताए । तालिमबाट सिकेका कुरा व्यवहारमा उत्तार्ने शिक्षक तिर्थप्रसाद अधिकारीले जानकारी दिए ।

शिक्षकका लागि पहिलो पटक तालिम सञ्चालन गरी शैक्षिक गुणस्तर विकासमा गाउँपालिकाले नमुना काम गरेको तालिममा सहभागी शिक्षक भगवती रावलले बताइन् । पालिकाभित्रका २२ वटा आधारभूत तहका अंग्रेजी विषयका शिक्षकहरु तालिममा सहभागी भएको सिंजा गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १४:३८