सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा खोलाले बगाएर २ जनाको ज्यान गयो

खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भैरवी गाउँपालिका २ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका ३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

बुधवार दिउँसाे भैरवी गाउँपालिका २ मा छामघाट खाेला तर्ने क्रममा दुवै जनालाई बगाएकाे थियाे । दुवै जनाकाे शव भैरवी गाउँपालिका १ खाेली बजार नजिकै छामघाट खाेलाकाे झाेलुङ्गे पुल नजिकै देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनाकाे शव पाेस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल लगिएकाे डीएसपी शाहले जानकारी दिनुभयाे ।  मृतक थापा र बुढा नाताले सम्धी हुनुहुन्छ ।

वीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पठाउन खोला तराउने क्रममा दुवै जनालाई बगाएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ०७:५३