सूचनाको शक्ति - The Power Of Information

        

२०७९ असोज ६ गतेको राशिफल : वृषलाई फाइदा, मीनलाई बाधा

२०७९ असोज ६ गते, बिहीवार, २२ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष द्वादशी तिथि । अश्लेषा नक्षत्र । चन्द्रराशि– कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ । स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ । अनावश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । लेनदेनमा होसियार रहनुहोला । काम पूर्ण नभए पनि मिहिनेतको फल प्राप्त हुनेछ । व्यापारमा आंशिक लाभ हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन् । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ । खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसर खोज्न लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेत परे पनि तत्काल काम पूर्ण नहुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको आम्दानी प्राप्त हुनाले समस्या टर्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने हुन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । जिम्मेवारी भने प्राप्त हुनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आँटले काम लिन नसक्दा केही पछि परिनेछ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । कामको प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तापनि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । तर आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । श्रम परे पनि चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य काममा धन र श्रम खर्चनुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । समयमै सावधान हुँदा क्षति कम हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ । सहयोगी जुटाउन नसकिएला । प्रतिस्पर्धामा आफ्नो उपलब्धि कमजोर रहला । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । नियमित कामबाट सामान्य लाभ भइरहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थिति अनुकूल देखिए पनि नजिकका व्यक्तिबाट आँटेको काममा बाधा पुग्नेछ । शुभचिन्तकहरूले गलत कदम उठाउनबाट जोगाउने चेष्टा गर्न सक्छन् । अरूको हस्तक्षेपले कालान्तरमा आफैंलाई फाइदा पुग्नेछ । प्रयत्न गर्दा बिस्तारै चिताएका काम पनि सम्पादन हुनेछन् । सानो सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ०७:३३