सूचनाको शक्ति - The Power Of Information

        

‘प्रेमगीत ३’को सेन्सर विवादमा स्पष्टीकरण सोध्‍न भुवन केसीलाई मन्त्रालयले बोलायो

 ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय थप विवादित बनेको छ ।

यो निर्णयबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवन्तक पोखरेलले नेपाली फिल्मलाई विदेशी फिल्म भन्दै सेन्सर सिफारिस गरिएकोबारे छलफलका लागि केसीलाई मन्त्रालयमा बोलाइएको बताए ।

बोर्डको निर्णयलाई चुनौती दिंदै ‘प्रेमगीत ३’का वितरकले बिहीबार मन्त्रालयमा निवेदन दिएपछि यो विवादमा मन्त्रालयले हात हालेको हो ।

चलचित्र विकास बोर्डले बुधबार दिउँसो ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १९:०९