सूचनाको शक्ति - The Power Of Information

        

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका प्रकोप घोषणा गरिन्छ ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई प्रकोपकै रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गर्न प्रस्ताव गरेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

केही दिनभित्रै सरकारले डेंगुलाई प्रकोपको रूपमा घोषणा गर्नसक्ने इडीसीडीका अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार ०८:४३