सूचनाको शक्ति - The Power Of Information

        

पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पुरानै जनगणनाका आधारमा समानुपातिकतर्फ सिट निर्धारण हुने भएको छ ।

२०७८ सालमा जनगणना भएर नयाँ तथ्यांक आए पनि पुरानै गणनाका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व हुने भएको हो ।

संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गराउने व्यवस्था गरे पनि पुरानै जनसंख्याका आधारमा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोग र दलहरूले जनसंख्याका विषयमा चासो नदिँदा पुरानै तथ्यांकका आधारमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची आयोगमा बुझाउनुपरेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार ०७:५२