सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीका खोला र क्रसरहरुमा छड्के अनुगमन

बाँकेका खोलाहरुमा आज छड्के अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेले राप्तीसोनारीका खोलामा छड्के अनुगमन गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा गिट्टी, बालुवा र ढुंगा चोर्नेहरुको भागाभाग भएको जिल्ला समन्वय समितिका प्रेस सल्लाहकार सुनिल रेग्मीले बताए ।

उनका अनुसार अनुगमनको क्रममा राप्ती सोनारी २ को मुगुवा खोला लगायत राप्ती नदीमा जोडिने विभिन्न खोलामा अनुमगन गर्दा व्यापक चोरी निकासी भएको पाइएको छ ।

टोलीले विभिन्न क्रसरमा अनुगमन गर्दा स्टक प्रमाणित बिना क्रसर चलाइरहेको पाइएको छ । अनुगमनको क्रममा चोरी तस्करी हुँदै गरेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरी चौकी कचनापुरलाई समेत वुझाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १८:४०