सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा र प्रदेश निर्वाचन २०७९

७७ वटै जिल्लामा कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेका छन् ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ ।

आयोगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको छ । जसअनुसार कुल मतदाता संख्या १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

देशभर १८५ तेस्रोलिङ्गी मतदाता

देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका हुन् ।

जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश अनुसार मतदाता र मतदान स्थल हेर्नुहोस् :-

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ११:२९