सूचनाको शक्ति - The Power Of Information

        

साफ महिला च्याम्पियनसिप :

नेपालले गुमायो इतिहास रच्ने अवसर, बंगलादेश बन्यो च्याम्पियन

नेपाल ३-१ गोलले पराजित

नेपाल साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३-१ गोलले पराजित बन्न पुगेको छ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफको ७०औं मिनेटमा अनिता बस्नेतको गोलबाट आशा जगाएको थियो। तर त्यसको केही मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थियो।

अन्तिम समयसम्मै बंगलादेशलाई दबाबमा राखेको नेपालले गोल भने गर्न सकेन। नेपाल पहिलोपटक बंगलादेशससँग पराजित भएको हो। यसअघिका ८ खेलमा नेपालले ६ खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो।

यससँगै बंगलादेश पहिलो महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १९:०७