सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप विदेशमै लुकेपछि प्रहरीले इन्टरपोललाई पठायो पत्र, के हुन्छ अब?

प्रहरीले १७ वर्षीया नाबालिका बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रकृया अगाडि बढाएको छ ।

प्रहरी प्रहरी प्रधान कार्यालयले इन्टरपोलको नेपाल शाखामार्फत हेडक्वाटरलाई ‘नोटिस’मा राख्नको लागि अनुरोध–पत्र पठाएको एक प्रहरी अधिकारीले  बताए ।

भदौ २३ गते उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध १७ वर्षीया एक किशोरीले भदौ ५ गते आफूलाई काठमाडौंको एक होटलमा लगी पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै प्रहरी वृत गौशालामा उजुरी दिएकी थिइन् । उनले भदौ २१ गते उजुरी दर्ता गराएकी थिइन् ।

सन्दीप भदौ ६ गते बिहान होटलबाट निस्किएर टी–२० क्रिकेट खेल्नका लागि केन्या गएका थिए । उनी केन्याबाटै क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए । खेल खेल्न नपाउँदै आरोप लागेपछि उनी त्यहाँबाट हिँडेका थिए ।

यता, प्रहरीले पनि उनको खोजी गरिरहेको छ । लामिछाने कहाँ छन् भन्ने विषयमा जानकारी नभएको प्रहरीको दाबी छ ।

के सजिलै इन्टरपोलमार्फत ल्याउन सक्छ प्रहरीले ?

सन्दीप लामिछाने लामो समयसम्म नेपाल नआएर विदेशमै लुकेको खण्डमा इन्टरपोलबाट नेपाल ल्याउनसक्ने अवस्था भने त्यति सहज छैन । कानूनी प्रकृया पुर्‍याएर ल्याउनु पर्ने भएकाले तत्कालै ल्याउने अवस्था नदेखिएको प्रहरी अधिकारीहरू स्वीकार गर्छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १९:०२