आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परीवेक्षण गर्न ३६ संस्थाले अनुमति पाएका छन्।
निर्वाचन आयोगले सोमबार निर्वाचन परीवेक्षणका लागि अनुमति दिएको हो। आयोगका अनुसार दुई वटा अन्तर्राष्ट्रिय र ३४ वटा राष्ट्रिय संस्थाले परीवेक्षण गर्न पाउने भएका छन्।
अन्तर्राष्ट्रिय संस्थामा सार्क ह्युमन राइटस् फाउन्डेशन र एशियन नेटवर्क फर फ्री इलेक्सन छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा आगामी मंसीर ४ गते हुँदै छ। त्यसका लागि आयोगले निर्वाचन प्रक्रिया शुरू गरिसकेको छ।






सत्यपाटी । काठमाडौँ ।