सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालका डा. पाण्डे र मेडिकल कलेजका डा. किदवाई सम्मानित

 भेरी अस्पतालका मेडिशिन विभाग प्रमुख एवम् सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका निर्देशक तथा वरिष्ठ चिकित्सक डा एम किदवाईलाई लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री प्रज्जवल दीप द्धितिय पदकबाट विभूषित गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले संबिधान दिवसका अवसरमा डा पाण्डे र डा किदवाईलाई उक्त पदक दिने घोषणा गरेको हो । यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो ।

प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।

संबिधान दिवसको दिन घोषणा गरेको उक्त पदक लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गर्ने छ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक वरिष्ठ चिकित्सक डाक्टर रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुने छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा किदवाई पनि परेका हुन् ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १८:३०