सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा हाम्रो कृषि पसल संचालन हुने

कोहलपुर नगरपालिकामा हाम्रो कृषि पसल संचालन हुने भएको छ ।

बाँके हाम्रो कृषि सहकारी संस्थाले आर्गनिक खाद्य पसल संचालन गर्ने भएको हो । पसल गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा संचालन गर्ने उक्त सहकारीले जनाएको छ ।

घटस्थापनाका दिन शुभारम्भ हुने पसलमा सस्थाले करिब ६ लाख लागतमा उपर्युक्त सामान राख्न लागेको हो । हुम्ला, जुम्ला, मुगु, डोल्पालगायता जिल्लाबाट चिनो, कागुनो, अचार खाने भांगो, टिम्मुर, घ्यू, घट्टमास पिसेको, मकैको पिठो, कोदाको पिठो, विभिन्न रैथाने जातका चामलहरु मार्सी, जरन फापर, कालो चुक, बेसार आदि मार्टमा पाइने संस्थाले जनाएको छ ।

उच्च गुणस्तरको एवम् उन्नत कृषि सामग्रीहरुको आयात र सर्वसुलभ मूल्यमा बिक्रीवितरणको लागि हाम्रो कृषि पसल संस्थाको रुपमा स्थापना गरिने संस्थाका अध्यक्ष कर्णबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार १८:३६