सूचनाको शक्ति - The Power Of Information

        

सोमवारदेखि खजुरामा खुल्ला फुटबल प्रतियोगिता हुँदै

खजुरा युवा क्लबको आयोजनामा असोज ३ गतेदेखि खजुरामा ‘शहिद सेतु बिक स्मृति कप २०७९’ खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

संबिधान दिवसका अवसर पारेर दोस्रो जन आन्दोलनमा सहादत प्राप्त शहिद सेतु बिकको समझनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

खजुरा युवा क्लबको आयोजनामा खजुराको श्री कालिका मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष राजु कोइरालाले जानकारी गराएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने, द्वितीय पुरस्कार २५ हजार पाँच सय नगद, ट्रफि, मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र रहेको क्लबका सचिव उत्सव सिजाली मगरले बताएका छन् ।

साथै प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक र बढि गोल गर्नेहरुलाई २५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उक्त खेलको दर्ता शुल्क ३१ सय रहेको छ । प्रतियोगिताको सम्पुर्ण खेलहरु श्री कालिका मन्दिरको खेलमैदान (जेनिथ इ.बोर्डिङ स्कुल को छेउ) मा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार १८:३०