सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रका तीन डिआइजीको सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका डिआइजीहरूको सरुवा गरेको छ । सरुवामा तीन बाहिनीका प्रमुखहरु फेरिएका छन् ।

बागमतिमा डिआइजी लक्ष्मण सिंहलाई पठाइएको छ । लुम्बिनी प्रदेशमा बिदुर खड्का तथा कर्णालीमा प्रदीप पालले बाहिनीपतिको जिम्मेवारी पाएका छन् ।

प्रदेश नम्बर १ का कमल गिरी, मधेस प्रदेशका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी, सुदुरपश्चिमका दुर्गा भट्टराई, उपत्यकाका बंशी दाहालको भने सरुवा भएको छैन ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार १४:३९