सूचनाको शक्ति - The Power Of Information

        

आकाशमै दुई विमान ठोक्किएपछि…

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा अहिलेसम्मकै दुर्लभ दृष्य देखिएको छ । त्यहाँको आकाशमा दुई वटा साना विमान ठोक्किएका छन् ।

विमान एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार १३:२२