सूचनाको शक्ति - The Power Of Information

        

निवासमै रोकिए चोलेन्द्र, सर्वोच्चमा बढाइयो सुरक्षा सर्तकता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरा निवासमै रोकिएका छन् । आइतबार सर्वोच्च अदालत फर्कने तयारीमा रहेका उनले आफू निवासमै रोकिनुपरेको बताएका हुन् ।

महाअभियोग टुंगा नलाग्दै नियमित कार्यमा सर्वोच्च फर्कने समाचार सार्वजनिक भएपछि राणालाई छिर्न नदिन सर्वोच्च अदालत परिसरमा सरकारले सुरक्षा सर्तकता बढाएको छ ।

राणाले आफू सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला सरकारले निवासमै रोकिदिएको बताएपछि उनले नआउने बताएका छन् । अहिले उनको निवास र सर्वोच्च अदालत परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । समितिले राणामाथि महाअभियोग लगाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार ११:५८