सूचनाको शक्ति - The Power Of Information

        

पहिराेका कारण कर्णाली राजमार्ग अवरुद्ध

 कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी,पालिका तह र सडक विभागका कर्मचारी पहिरो पन्छाउने कार्यमा लागि रहेका छन् । कालिकोट खण्डको सडक बेलुकीसम्म खुलाउने गरि काम भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १७:४१