सूचनाको शक्ति - The Power Of Information

        

एलिजाबेथको अन्त्येष्टिमा चिनियाँ प्रतिनिधिमाथि रोक

बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा चिनियाँ सरकारी प्रतिनिधिलाई रोक लगाइएको छ ।

आगामी सोमबार राष्ट्रिय सम्मानका साथ हुने अन्त्येष्टिको समयसम्म महारानीको शव वेस्टमिन्स्टर हलमा राखिएको छ । चिनियाँ प्रतिनिधिमण्डलले वेस्टमिन्स्टर हलमा प्रतिबन्ध लगाइएको जानकारी आफूले पाइनसकेको चिनियाँ प्रतिनिधिले बताएका छन् ।

गतवर्ष चीनले बेलायतले उइघुर मुस्लिममाथि दुव्र्यवहार गरेको आरोप लगाएका कारण सात सांसदलगायत नौ जना बेलायतीमाथि यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो । सोही कारण एलिजाबेथको अन्तेष्टीमा चिनिया प्रतिनिधिलाइ रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ ।

चीनले बेलायती सांसद र नागरिकलाई प्रतिबन्ध लगाएकाले हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलले चिनियाँ प्रतिनिधिमण्डलमाथि रोक लगाएको बीबीसीले उल्लेख गरेको छ । चीनले भने अन्तेष्टी जस्तो समारोहमा आफना प्रतिनिधिमाथि लगाइएको रोकको भने बिरोध गरेको छ ।

चीनले भने बेलायतले शोकका बेला प्रतिशोध साँध्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १७:३९