सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जका दुई वटा औषधि पसलमा चोरी

 नेपालगञ्जका दुई वटा औषधि पसलमा चोरी भएको छ । गणेशमान चौकस्थित गणेशमान चोक ड्रग स्टोर र सागर क्लिनिकमा चोरी भएको हो ।

शुक्रवार राती एक बजेतिर औषधि पसलको सटर फोडेर चोरले दुई पसलबाट करिव चार लाख रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तिले जानकारी दिए । गणेशमान चोक ड्रग स्टोरबाट ३ लाख ५० हजार र सागर क्लिनिकमा ३५ हजार चोरी भएको हो ।

गणेशमान चोक ड्रग स्टोरका सञ्चालक लोकनाथ पोख्रेलले चोरले मध्यराती औषधि पसलको सटर फोडेर चोरी गरेको बताए । चोरले औषधि भने नचलाएको औषधि पसलका सञ्चालकहरुले बताएका छन् ।

विश्वकर्मा पूजाका लागि एकाविहानै फार्मेसी पुग्दा सटर फुटाएको पाइएपछि प्रहरीलाई खवर गरेको सागर क्लिनिकका सञ्चालक जितेन्द्र ठकुरीले बताए ।

गणेशमान चोकमा प्रहरीको वीट छ । चोरी भएका औषधि पसल वीट नजिकैको दूरीमा छन् । प्रहरीले चोरी गर्नेहरुको खोजी कार्य जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १७:२१