सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा रहेको कृषि ज्ञान केन्द्रको भवन २ वर्षपछि उद्घाटन

बाँकेको नेपालगन्जमा रहेको कृषि ज्ञान केन्द्रको नयाँ भवन निर्माण अवधिभन्दा दुई वर्षपछि उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार उक्त भवनको उद्घाटन गरेकी छिन् ।

कार्यक्रममा मन्त्री शर्माले कृषि ज्ञान केन्द्रको भवन प्रदेश सरकारको बजेटमा निर्माण गरिएको बताइन् । उनले लामो समयसम्म पनि कृषि ज्ञान केन्द्रको भवन निर्माण हुन नसकेकाले प्रदेश सरकारले यसलाई प्राथमिकतामा राख्दै यसको निर्माण कार्यलार्य तीव्रता दिएको उनले बताइन् ।

साविकको कृषि विकास कार्यालयको मातहत २०७४ सालको सुरुवाती समयमै निर्माण सुरु भएको उक्त भवन २०७९ सालमा आएर सम्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार तीन वर्ष अवधि रहेको उक्त भवनको निर्माण कार्य विभिन्न कारणले स्थगित भएको थियो ।

सागरले भने, ॅसुरुका दुई वर्ष कृषि विकास कार्यालयको मातहतमा निर्माण कार्य भएता पनि पछि देश संघीय संरचना गई सकेपछि कृषि विकास कार्यालय खारेज भई कृषि ज्ञान केन्द्रको नामाकरण भयो । तेस्रो वर्ष बजेटको बजेट आउन नसकेका कारण नयाँ भवनको निर्माण कार्य रोकिएको थियो ।’

तीन वर्षे अवधि सकिए पछि कृषि ज्ञान केन्द्रले सो भवन निर्माणका लागि २०७६ सालमा म्याद थप गरी बजेट माग गरेको थियो । सोश्चान फेरि कोरोनाका कारण भवन निर्माणको काम रोखिएको थियो ।

सुरुका दुई वर्षमा पहिलो सिलिङ पनि पुरा भएको थिएन् । हामीले म्याद थप गरेर काम सुरु गरेता पनि फेरि कोरानाका कारणले निर्माण कार्य रोकियो । तर नेपाल सरकारले निर्माण कार्य भएका संरचनाको क्रमश ः दुई वर्ष म्याद थप गर्दै लगेको थियो,’ ढकालले कालपृष्ठसँग भने ।

उक्त भवनको निर्माणका लागि सुरुमा २ करोड ८९ लाख बजेट विनियोजन गरिएको थियो । जसमा २ करोड ८८ लाखमा ठेक्का प्रक्रिया भएको प्रमुख ढकालले जानकारी दिए ।

सोपश्चात २ करोड ६० लाखमा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार २०:००