सूचनाको शक्ति - The Power Of Information

        

साफ महिला च्याम्पियनशिप

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

फाइनल खेल साेमवार बेलुकी ५ बजे

साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे । नेपालले साफ इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे । याेसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । फाइनल खेल साेमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १९:४७