सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय अनुसन्धान इन्सपेक्टरको नक्कली प्रमाणपत्र

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका राष्ट्रिय अनुसनधान विभागका अनुसन्धान अधिकृतलाई विशेष अदालतले दोषी ठहर गरेको छ । अनुसन्धान अधिकृत ताराबहादुर कुँवरलाई शुक्रबार बिशेष अदालतले दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ जेठ २०७५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश भारतबाट आइए उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका थिए ।

जसमा विशेष अदालत न्यायाधीहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलाशले उनलाई दोषी ठहर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागमा धेरै जना राजनीतिक सोर्सफोर्स तथा आर्थिक चलखेलका आधारमा जागिर खाने भएकाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १८:१४