२०४६ सालको जनआन्दोलनका कमाण्डरको रुपमा परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको गएराति ५४ वर्षको उमेरमा निधन भएको छ ।
जनआन्दोलन २०४६ का जिउँदा सहिदको रुपमा परिचित घिमिरे लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको परिवारले जनाएको छ ।
उनी पाल्पाको विकासको लागि सक्रिय, निडर, स्पष्ट व्यक्तिको रुपमा चिनिन्थे । घिमिरेको पार्थिव शरीरलाई आज दिउँसो १ बजे अन्तिम श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । घिमिरेको श्रीमतीसहित दुई छोरा र १ छोरी छन् ।
सत्यपाटी । पाल्पा ।