सूचनाको शक्ति - The Power Of Information

        

फेरि युरोभन्दा महङ्गियो डलर, अन्य देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार युरोभन्दा डलरको भाउ बढेको छ ।

यसअघि अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ८१ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४१ पैसा रहेकोमा आज बढेर खरिददर १२७ रुपैयाँ २२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो यसअघि एकको खरिदमूल्य १२७ रुपैयाँ ०३ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ६३ पैसा रहेकोमा आज घटेर खरिदमूल्य १२६ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९४ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३४ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

Binimaya.JPG

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार ०७:४८