नेपाल बार एसोसिएयनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्तो मानिस कहिले नजन्मिऊन भनी कामना गर्नुभएको छ ।
संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उहाँले यस्तो कामना गर्नुभएको हो ।
सर्वाेच्च अदालतको निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिमा बयान दिने क्रममा अधिवक्ता पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन श्रेष्ठले गरेको आग्रहलाई आफूले इन्कार गरेको र त्यसैको असन्तुष्टि पोख्न श्रेष्ठ आफूविरूद्ध लागेको आरोप लगाउनुभएको थियो ।
राढााले बयानका क्रममा किटेकाहरूलाई समितिमा बोलाउने क्रममा बिहीबार बारका निर्वतमान अध्यक्ष श्रेष्ठसँग सांसदहरूले छलफल गरेका थिए ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।