सूचनाको शक्ति - The Power Of Information

        

टेलिकमले भोलिदेखि नि:शुल्क ई-सिम उपलब्ध गराउने, के छन् फाइदा ?

नेपाल टेलिकमले ई-सिमको प्रयोग प्रकिया अघि बढाएको छ । टेलकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भोलिदेखि कम्पनीका ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गराउने जानकारफ गराएको छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न टेलिकम सहप्रवक्ता सोभन अधिकारीले बताए ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने छिट्टै सिम उपलब्ध गराइने उल्लेख छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

के हुन्छ लाभ

  • ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
  • ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार २०:१५