सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा जनता सहकारीद्वारा बेकरी उद्योग सञ्चालन

नता दुग्ध उत्पादक सहकारीले बेकरी उद्योग सञ्चालनमा ल्याएको छ ।

बाँकेको खजुरामा रहेको उक्त सहकारीले अत्याधुनिक बेकरी सञ्चालनमा ल्याएको हो ।

जनताले ४६ ट्रे समावेस भएको अत्याधुनिक बेकरी सञ्चालन गरेको सहकारीका अध्यक्ष टेक बहादुर कार्कीले जानकारी दिए ।

उक्त बेकरीबाट टोस्ट, ब्रेड, पाउरोटी, केक लगाएतका बेकरी परिकारहरु बन्ने अध्यक्ष कार्कीले बताए ।सहकारीले बेकरीमा मात्रै १६ लाख लगानी गरेको छ ।

दुग्ध उत्पादन गर्ने किसानहरुको लगानी रहेको सहकारीले बेकरीसगैं छिट्टै ‘मिल्क मार्ट’ समेत सञ्चालनको तयारी गरेको छ । उक्त सहकारीमा २६० भन्दा बढि किसानहरुले सेयर लगानी गरेका छन् ।

२०५१ साल बैशाख २२ गतेबाट सुरुवात गरिएको दुग्ध उत्पादक सहकारीले हाल दैनिक २२ सय लिटर दुध संकलन गर्दै आएको सहकारीका व्यवस्थापक गौरव सापकोटाले जानकारी दिए ।

३९ जनाको सेयरबाट सुरु गरेको सहकारीको सम्पति करीब ६ करोड कुल पुँजी पुगेको व्यवस्थापक सापकोटाले बताए । किसानका दुध खरिद गर्ने र खरिद गरेको दुधको विभिन्न परिकार बनाएर विक्रि गर्ने गरेकोमा पछिल्ला दिनमा सहकारीको आर्थिक आम्दानीमा थप वृद्धि गर्न बेकरी समेत सञ्चालनमा ल्याइएको हो ।

सहकारीले नेपालगन्ज र खजुरामा डिपो सञ्चालन गरेर आफ्ना उत्पादनहरु विक्रि वितरण गर्दै आइरहेको छ । हालै सञ्चालनमा आएको बेकरी उद्योगमा प्रत्यक्ष किसानको लगानी रहेको छ ।

सहकारीले किसानहरुलाई बेला बेलामा तालिम, घाँसे विउ वितरण, औषधि वितरणका साथै अनुदानका कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको सहकारीका लेखापाल विजय केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार २०:०७