सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक सुधार कार्यक्रममा बाँकेका ४२ विद्यालय छनौट

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ ।

भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४ सय ७५ विद्यालय विद्यालय छनोट भएको केन्द्रले जनाएको छ ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले कार्यक्रम चालू आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी विस्तृत प्रक्रिया तयारी भई रहेको जनाए । उनले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गुर्न गराउनु निर्देशन दिए ।

कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषणमार्फत चालू शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्याएको थियो ।

यस कार्यक्रमका लागि बाँकेका ४२ वटा छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयहरुमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछन् ।

कम्प्युटर ल्याबका लागि एउटा विद्यालयलाई ६ लाख ५० हजार, चार कोठे भवनका लागि ५० लाख र दुई कोठे भवन निर्माणका लागि २५ लाख रुपैयाँ रकम छुट्याइएको छ ।

.

.

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार २०:०१