सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टी–२० लिगको मिति सर्यो

नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण देखाउँदै लिगकाे मिति सारिएकाे हाे । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकाे थियाे । लिगकाे नयाँ मिति भने सार्वजनिक भएकाे छैन ।

लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ ।

प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०९:२६