सूचनाको शक्ति - The Power Of Information

        

नवौं राष्ट्रिय खेलकुद : असोज ८ देखि नेपालगन्जमा छनोट प्रतियोगिता

पौडी छनोट खेलका लागि तयारी अवस्थामा रहेको पौडी पोखरी ।

पोखरामा आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने भएको छ ।

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार असोज ८ गते बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ । ८ र ९ बक्सिङ तथा भारोत्तोलन एवमं १० र ११ गते जुडो, सुटिङ, हक्की (महिला र पुरुष) र साइक्लिङ प्रतियोगिता हुने भएको छ ।

सोही प्रकारले असोज पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको चन्दले बताए । आठौं राष्टिय खेलकुद प्रतियोगिता आयोजना गरेको नेपालगन्जमा खेल पूर्वाधार धेरै भएकाले अधिकांश खेलको छनोट प्रतियोगिता नेपालगन्जमै राखिएको जनाइएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापाले छनोट प्रतियोगिताका लागि अहिले प्रदेशभर खेलाडीहरु अभ्यास र तयारीमा व्यस्त रहेको बताए । छनोट प्रतियोगिताका लागि सम्पूर्ण व्यवस्था मिलाइएको समेत सदस्य थापाले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १३:२३