सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर अस्पताल खजुरामा ढिला आउने स्वास्थ्यकर्मीलाई कारबाही

बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालले ढिलोगरी कार्यालय पुगेका केही डाक्टरसहित स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमा प्रवेसमा रोक लगाइएको छ ।

मंगलबार अस्पतालमा पुगेका दुई जना डाक्टर प्रविण गुप्ता, डाक्टर मुकेश यादव र केही स्वास्थ्यकर्मिलाई शुरक्षागार्डले ढिला गरी पुगेको भन्दै प्रवशमा रोक लगाएका हुन् ।

शुरक्षा गार्डले अस्पताल परिसरमा प्रवेसमा रोक लगाएपछि डाक्टर र अन्य स्वास्थ्यकर्मिहरुले गेटमा केहीबेर विवाद गरेका थिए । शुरक्षा गार्डलाई डाक्टरहरुले हप्काएको र पछि अस्पतालका मेसु डा. कृष्ण आचार्य लिन आउदाँ समेत जान नमानेको अस्पताल स्रोतले बताएको छ ।

अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लको समितिले सोमबार १० देखि ४ बजेसम्म डिउटिमा रहनुपर्ने र उक्त निणर्य कार्यान्वयन गराउन अस्पताल प्रशासनले मंगलबार शुरक्षा गार्डलाई दिएको थियो ।

अस्पतालका सुरक्षा गार्डले समितिको निणर्य र निर्देशन पालना गरेकोमा चिपिकत्सकहरुले आफ्नो अपमान भएको भन्दै अस्पताल प्रमुख डा. कृष्ण आचार्य लिन आउँदा पनि जान मानेनन् ।

अस्पतालका नव नियुक्त अध्यक्ष मल्लले अस्पताल विकास समितिमा नियुक्त भएपछि अस्पताल सुधारका लागि लागिपरेको र त्यसकै एक कदमका रुपमा कार्यालय समय पालनाको निणर्य गरिएको बताए ।

डा. प्रविण गुप्ताले भने आफूहरुलाई १० बजेर १५ मिनेटमा पुग्दा पनि गेटमै हप्काएको र अपमान गरिएको भन्दै आपत्ति जनाए । स्थानीयहरुका सामू आफूहरुलाई अपमान गरिएको उनको गुनासो छ ।

सोमबार मात्र अस्पताल विकास समितिले सम्पूणर् कर्मचारीहरु ड्रेस, आइडी कार्डसहित १० बजे नै कार्यालय आइपुग्नुपर्नेसमेत निणर्य गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ०८:४५