सूचनाको शक्ति - The Power Of Information

        

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गर्नुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गर्नुभएको हो । उहाँको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए ।

केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गर्नुभएको थियो ।

विपक्षी दलका नेता राइला ओडिङ्गा झिनो मतले पराजित हुनुभएको थियो । चुनावमा धाँधली भएको भन्दै ओडिङ्गाले मतपरिणाम अस्वीकार गर्नुभएको थियो । तर सर्वोच्च अदालतले चुनावी परिणाम सही नै भएको फैसला गरेपछि रुटोलाई शपथ ग्रहणकाे बाटो खुलेको हो ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गर्नुभएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ०८:२५