काठमाडौंबाट जापान लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ देखिएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गराइएको छ ।
गएराति ११ बजे उडेको जहाज उडान भरेको आधा घण्टामै फर्किएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । जहाजमा १८४ यात्रु सवार थिए ।
जहाजमा सवार यात्रुलाई सिनामंगलमा रहेको एयरपोर्ट होटलमा राखिएको छ । विमान मर्मतपछि सोही विमानमार्फत यात्रुलाई आज जापान लैजाने तयारी छ ।
सत्यपाटी । काठमाडौं ।