सूचनाको शक्ति - The Power Of Information

        

दसैंअघि उत्तरी सीमा नाका खुल्ने दाबी

भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू यही दसैंअगाडी खुल्ने बताएका छन् ।

मंगलबार वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चिनियाँ पक्षसँग छलफल गरेर दसैंअगाडी नै नाका खोल्ने तयारी भएको बताएका छन् ।

उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ ।

निर्देशक पौडेलले अहिले दुबै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए ।

उनले पछिल्लो समय बैंकहरूमार्फत ५०० सय डलरसम्मको डेबिट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको पनि जानकारी दिए । उनले एउटै व्यक्तिले फरक फरक नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ०७:३५