नाबालिकामाथि जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कहाँ छन् भन्नेबारे नेपाल प्रहरी र नेपाल क्रिकेट संघ ९क्यान०ले अनभिज्ञता प्रकट गरेका छन् ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।
सन्दीपले आफूमाथि लागेको आरोपबारे बोल्दै शुक्रबार सामाजिक सञ्जालमार्फत कानुनको सम्मान गर्ने बताएका थिए । उनले अनुसन्धानलाई सहयोग गर्न आफूआवद्ध क्यारेबियन प्रिमियर लिग ९सीपीएल०बाट बिदा हुँदै स्वदेश फर्कने जनाएका थिए ।
६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए । त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए ।
सन्दीप गत शुक्रबार अन्तिम पटक क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको सम्पर्कमा आएका थिए । त्यसयता उनी न क्यानको सम्पर्कमा छन् न नेपाल प्रहरीकै सम्पर्कमा छन् ।
कहाँ छन् सन्दीप भन्ने प्रश्नमा नेपाल प्रहरीले अनभिज्ञ प्रकट गरेको छ । प्रहरीका कार्यवाहक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप प्रहरीको सम्पर्कमा नरहेको बताए ।
यता, क्यान पनि सन्दीप कहाँ छन् भन्नेबारे जानकार छैन । घटना बाहिरिएपछि क्यानका कार्यवाहक सचिव मल्लको सम्पर्कमा आएका थिए । वेस्ट इन्डिजको एयरपोर्टमा छु भनेर अन्तिम पटक शुक्रबार लामिछानेले आफूसँग कुराकानी गरेको मल्लले जानकारी दिए ।
त्यसयता उनी कहाँ छन् भन्नेबारे कुनै संवाद नभएको उनी बताउँछन् । उनीमाथि नुवाकोटकी एक किशोरीलाई सिनामंगलस्थित होटलमा राखेर बलात्कार गरेको आरोप छ ।
२१ भदौमा एक १७ वर्षीया नाबालिका किशोरीले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । गत ५ भदौमा सन्दीपले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सत्यपाटी । काठमाडौँ ।