सूचनाको शक्ति - The Power Of Information

        

बच्चा चोरी भइरहेको कुरा भ्रामक : नेपाल प्रहरी

पाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ ।

प्रहरीको साइबर व्यूरोले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो ।

भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी र सूचना प्राप्त नभएको जनाएको छ ।

त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १८:३२