सूचनाको शक्ति - The Power Of Information

        

पाँच करोड मानिस ‘आधुनिक दासत्व’को चपेटामा : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले ‘आधुनिक दासत्व’को चपेटामा ५ करोड मानिस रहेको जनाएको छ । जबरजस्ती श्रम र जबरजस्ती विवाहसँगै अन्य संकटका कारण मानिसहरु फस्दै गएको आइएलओले जनाएको हो ।

संयुक्त राष्ट्रसंघले वल्क फ्रि फाउन्डेसेनसँगको सहकार्यमा गरेको अनुसन्धानमा गए वर्षको अन्त्यसम्म जबरजस्ती काम र विवाह गर्नेको संख्या उच्च रहेको देखिएको हो । यसको अर्थ विश्वमा १५० जनामा १ जना ‘आधुनिक दासत्व’को सिकार भएका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म आधुनिक दासत्वको सम्पूर्ण रुपहरु उन्मुलन गर्ने लक्ष्य लिएको छ । तर, सन् २०१६ देखि २०२१ सम्ममा १ करोडभन्दा बढी मानिस ‘आधुनिक दासत्व’मा पिल्सिएका छन् । कोरोना भाइरस संक्रमणले विश्वमा ‘दासत्व’ बढेको बताइन्छ ।

यस्तै, युद्ध, जलवायु परिवर्तन, आप्रवासी संकटले पनि समस्या बढ्दो छ । विश्वका प्राय सबै देशमा ‘आधुनिक दासत्व’ रहेको छ । जसमा धेरैजना मानिस जबरजस्ती काम गराउने र विवाह गर्नेको संख्या आधाभन्दा बढी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १६:२८