सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप प्रकरण : आरोप प्रमाणित नभए उजुरी दिने किशोरी नै जेलमा !

अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि चारैतर्फबाट हमला भइरहेको छ । उनीमाथि लागेको आरोपललाई लिएर पक्षविपक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुल्नेछ । एयरपोर्टबाटै सन्दिपलाई पक्राउ गर्ने भनिसकेको छ । क्रिकेटर लामिछानेमाथिको बलात्कार आरोपका विषयमा चौतर्फी चर्चा भइरहेको बेला अबको कानुन प्रक्रिया र सजायबारे समेत चासो राखिएको छ । समर्थकहरुले सन्दीप बच्न सक्ने कानुनको खोजिसमेत गरिरहेका छन् ।

सन्दीपमाथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चासो बढेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तानसमेत रहेका बलात्कार आरोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तैनाथ छ । मंगलबार रातिनै १७ बर्षीया नाबालिगले सन्दीपविरुद्ध जाहेरी दिएपछि उनी प्रहरीको वान्टेड सूचीमा थिए ।

अहिले क्यारेबियन प्रिमिएर लिग (सीपीएल) खेल्न जमाइकामा रहेका सन्दीपको बाटो पर्खिएर प्रहरी बसेको छ । तर सन्दीपले आफ्नो स्टारडमको दुरुपयोग गर्दै आफ्नी ‘फ्यान गर्ल’माथि जबरजस्ती करणी गरेको आरोपले देशभर तरंगमात्रै ल्याएको छैन, अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ र सन्दीपलाई के कारबाही हुन्छ ? आमचासोमा छ ।

बलात्कार सम्बन्धी मुद्धा लड्दै आएका र यसअघि यस्तै सजाय पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह)को मुद्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकारवादी बनेको बताउँछन् । जाहेरीकर्ता किशोरीले आफुसँग भएका प्रमाण दिने र साक्षी मात्र भएर बस्ने उनको भनाइ छ ।

अब मुद्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर प्रहरी अनुसन्धानका क्रममा नाबालिगले लगाएको आरोपमाथि प्रमाण पुगेन वा झुटो देखिन आएको खण्डमा मुद्दा फिर्ता पनि हुनसक्छ । अहिले नाबालिगले लगाएको आरोपमाथि प्रहरीले छानबिन गरिरहेको छ । अनुसन्धानमा देखिएका घटनाक्रमलाई प्रहरीले प्रमाण बनाउनेछ ।

प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछ । अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले सन्दीपलाई साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ ।

आरोपका पक्षमा प्रमाणहरु पुगे मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार दोषी ठहर भई सन्दीपले १२ बर्ष जेल सजाय पाउनेछन् । यद्यपी अनुसन्धानका क्रममा प्रमाण पुगेन वा आरोपीले सफाई पाए भने जाहेरीकर्ता नाबालिगलाई पनि तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।

तर यतिबेला नाबालिगमाथि समेत प्रश्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्बन्धलाई बलात्कारको नाम दिएर फसाउने ट्रेण्ड पनि चलिरहेकाले नाबालिग भनिएकी किशोरीमाथि प्रश्न उठेको हो । नेपालको कानुन अनुसार १८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक सम्बन्ध हुनु स्वतः बलात्कार ठहरिने भएपछि सन्दीप संकटमा छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ०८:४०