सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ । यसैबीच, गएराति गोरखाको गोरखा बजार लगायत गोरखा र लमजुङका धेरै स्थानमा भारी वर्षा भएको छ । चेपे नदी, दरौदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ०६:५५