सूचनाको शक्ति - The Power Of Information

        

नेपालले पाकिस्तानलाई २ कराेड रुपैयाँ बराबरकाे राहत दिने

नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सरकारले पाकिस्तानमा बाढी, पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई समवेदना पनि व्यक्त गरेको छ ।

गएकाे दुई महिनादेखिको वर्षाका कारण भएको बाढी, पहिरो पाकिस्तानमा एक हजार चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

झन्डै एक तिहाइ भू–भाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १८:११