सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा फरार प्रतिवादी पक्राउ

बाँके प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

डुडुवा गाउँपालिका–४ का ५० वर्षीय बखत यादवलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

यादवलाई लागु औषध मुद्दामा गएको फागुन २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै १५ वर्ष ९ महिना कैद र ५० हजार जरिवाना गरेको थियो ।

त्यसपछि यादव फरार थिए । पक्राउ परेका यादवलाई थप कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १८:०६