सूचनाको शक्ति - The Power Of Information

        

प्रेस युनियन बाँकेको कार्यालयमा स्वर्गिय गुप्ताको योगदानबारे चर्चा

आज भदौं २७ गते ।

प्रेस स्वतन्त्रता सेनानी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को आज ९४ औं जन्मजयन्ती । जन्मजयन्तीका अवसरमा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै योगदानबारे चर्चा गरिएको छ ।
ने

पाल प्रेस युनियन बाँकेको कार्यालय नेपालगन्जमा  सोमबार(आज) बिहान स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गरिएको हो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईं, पुर्बमेयर एवम पन्नालाल गुप्ता स्मृति प्रतिस्ठानका अध्यक्ष विजय गुप्ता, प्रेस युनियन बाँकेका पुर्बअध्यक्ष तथा सल्लाहकार नरेन्द्र थापा, पत्रकार महासंघका प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, पुर्बअध्यक्ष निरज गौतम, वरिष्ठ पत्रकार विजय वर्मा लगायतले स्वर्गिय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्र प्राप्ति र समाजमा पनि उत्तिकै योगदान दिएको बताए ।

गुप्ताको योगदानको कदर स्वरुप जीवन कालमा मान/सम्माान दिइएको र  अहिले भौतिक शरीर नरहेपनि उनको सादगी जीवन शैली, निस्ठा, लोकतन्त्रप्रतिको चट्टानी अडान अहिले पनि सान्दर्भिक रगेको बताए ।

सो क्रममा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै एक मिनेट मौन धारण गरिएको थियो । उक्त कार्यक्रम संचालन सचिव विजय मल्लले गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १७:५९