सूचनाको शक्ति - The Power Of Information

        

१० वर्षसम्म निसन्तान आमाले एकैपटक जन्माइन् तीन छोरा

१० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन् ।

पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललितादेवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन् ।

सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । शल्यकृया गरेर तीनवटै बच्चा जन्माएकी थरुनी र तीन जना बच्चा सकुसल रहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १५:४०