सूचनाको शक्ति - The Power Of Information

        

१२ ठेकेदार कम्पनी कालोसूचीमा (नामावलीसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले धैर्यता निर्माण उद्योग, हर्कदेवी बिल्डर्स, देवेन्द्र तेल उद्योग, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्न कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् ।

यस्तै, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, च्याङला कन्स्ट्रक्सन, सुन्दरी निर्माण सेवा, किसान रक्तकाली पावर क्वालिटी जेभी र लामा बिल्डर्स कम्पनी समेत कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यीमध्ये अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन् । यी कम्पनीहरू ६ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ११:४८