सूचनाको शक्ति - The Power Of Information

        

सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ

प्रतिकात्मक तस्वीर

पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ ।

गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । पीडित महिलाले १५ गते बेलुकी नै उजुरी दिएको उहाँले बताउनुभयो ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका ९ जनामध्ये ८ जना पक्राउ परिसकेका र फरार रहेका एक जनाको खोजी भइरहेको  प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ०९:१४