सूचनाको शक्ति - The Power Of Information

        

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

 महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ ।

नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ ।

समूह ‘ए’ बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।  माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ०८:१३