सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा

सचेत रहन आग्रह

आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ०७:५८